काठमाण्डौ । मुलुकमा मुद्रास्फीतिको अवस्था सुधारोन्मुख देखिएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको छ। जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । वैशाखमा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो। अघिल्लो वर्षको जेठमा भने यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ। 

समीक्षा महिनामा काठमाण्डौ उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७९ जेठ महिनामा यी क्षेत्रमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो।