काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जाको ब्याज घटाएर १० प्रतिशत कायम गरेको छ। 

कम्पनीद्वारा जारी विभिन्न बीमालेखहरुमा बीमालेख धितोबापत दिइने कर्जाको ब्याज साउन १ गतेदेखि नै लागू हुने गरी १० प्रतिशतले कायम गरिएको हो। यसअघि कम्पनीको बीमालेख धितोमा लगानी गर्ने कर्जाको ब्याजदर १२ प्रतिशत रहेको थियो। 

कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइँदै आइरहेको ब्याजदरलाई परिमार्जन गरेको हो।   

कम्पनीले बीमितहरुलाई बीमालेख धितोबापत दिइने कर्जाको ब्याज साउनदेखि नै लागू हुने गरी १० प्रतिशत (पुष र असार मसान्तमा चक्रवृद्धि हुने गरी) कायम गरेको हो। यसका साथै आफूले लिएको बीमा कर्जाको ब्याज समयमै भुक्तानी गर्न पनि कम्पनीले बीमितलाई अनुरोध गरेको छ।