काठमाण्डौ । अब राष्ट्रियस्तरका विकास बैंकहरुले पनि वाणिज्य बैंकहरुले जस्तै पुँजीकोष कायम गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
संशोधन निर्देशनअनुसार अब राष्ट्रियस्तरका विकास बैंकहरुले क्यापिटल एडिक्युसी फ्रेमवर्क २०१५बमोजिम न्यूनतम पुँजीकोष अनुपात गर्नुपर्नेछ। यसअघि यो व्यवस्था वाणिज्य बैंकहरुको हकमा मात्रै लागू गरिएको थियो। अब वाणिज्य बैंक र विकास बैंकहरुले यो व्यवस्था गरिएको छ।
अन्य विकास बैंक तथा वित्तीय संस्थाको हकमा भने क्यापिटल एडिक्युसी फ्रेमवर्क २००७बमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ।
यसैगरी वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षदेखि क्यापिटल एडिक्युसी फ्रेमवर्क २०१५ मा व्यवस्था भएमोजिमको काउन्टर साइकलिक बफर कायम गर्नुपर्नेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19