काठमाण्डौं । क्षेत्रीय स्तरका विकास बैंकहरुमध्ये तीनवटाबाहेकले आर्थिक वर्ष २०७९-८० का लागि कुनै लाभांश बाँड्ने छैनन् । 

क्षेत्रीय स्तरका ७ विकास बैंकमध्ये मितेरी डेभलपमेन्ट बैंकको वित्तीय प्रदर्शन निकै राम्रो रहेको छ भने अरुको सन्तोषजनक छैन । 

मितेरी डेभलपमेन्ट बैंकले आ.ब. २०७९-८० का लागि १३.८३ प्रतिशत लाभांश क्षमता बनाएको छ । यो क्षमता समग्र विकास बैंकहरु(राष्ट्रिय स्तरका समेत)मै सबैभन्दा बढी पनि हो । 

मितेरी डेभलपेमन्ट बैंकका प्रतिसेयर आम्दानी रु. १५.७९, खराब कर्जा अनुपात १.२५ प्रतिशत र खूद नाफा १६ करोड रहेको छ । क्षेत्रीय स्तरका विकास बैंकहरुमा यी सबै सूचकमा मितेरी नै पहिलो नम्बरमा छ । 

क्षेत्रीय स्तरका विकास बैंकमध्ये एक्सल डेभलपमेन्ट बैंकले ९.५४ प्रतिशत तथा कर्णाली डेभलपमेन्ट बैंकले ९.८ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएका छन् ।

बाँकी कुनै पनि बैंकको लाभांश बाँड्नसक्ने अवस्था छैन । 

खराब कर्जा सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकमा थुप्रिएको छ । यो बैंकको खराब कर्जा अनुपात १८.५४ प्रतिशत रहेको छ ।

नारायणी डेभलपमेन्ट बैंकमा १८.४ प्रतिशत खराब कर्जा रहेको छ भने एक्सल डेभलपमेन्ट बैंकमा ८.९२ प्रतिशत रहेको छ । 

नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशीको खूद नाफा ऋणात्मक बनेको छ । 

बाँकी टेबलमा हेर्नुहोस्: