काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सूचना प्रविधिलगायतका सेवा निर्यात गर्ने उद्योग तथा व्यवसायलाई उपलब्ध हुने विदेशी मुद्रा सुविधा प्राप्त गर्न ७ बुँदे सर्त अघि सारेको छ।
राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्रप्राप्त निकायका लागि जारी गरिएको एकीकृत निर्देशन परिपत्र, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।
थप गरिएको व्यवस्थाबमोजिम सूचना प्रविधिलगायत सेवा निर्यात गर्ने उद्योग तथा व्यवसायले विदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रयोजनका लागि विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयर, प्रोग्राम वा उपकरण खरिद गरी विदेशमै जडान गर्न अघिल्लो आर्थिक वर्ष आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्मको सीममा रही राष्ट्र बैंकले देहायका सर्तहरुका आधारमा वाणिज्य बैंकहरुमार्फत विदेशी मुद्राको सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ–
यसअघि यस्तो व्यवस्था राष्ट्र बैंकले गरेको थिएन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago