 
                     
                                
                             
                                    काठमाण्डा । इजरायलले गाजामा बिजुली, पानी, खानालगायत सबै आपतकालीन आपूर्ति प्रतिबन्ध लगाएको छ।
इजरायलले गाजामा ‘पूर्ण नाकाबन्दी’ गरेको हो। योसँगै बिजुली, पानी, खाद्यान्न र इन्धन आपूर्ति बन्द गरिएको छ।
शनिबार बिहान हमासको आक्रमण सुरु भएदेखि इजरायलले गाजामा खाद्यान्न र औषधिलगायत सबै आपतकालीन सामग्रीको आपूर्ति बन्द गर्ने निर्णय गरेको हो। अधिकारीहरुले भने कि यदि आपूर्तिलाई अनुमति दिइएन भने गाजापट्टी नयाँ मानवीय संकट देखिन सक्ने चेतावनी दिएका छन्।
गाजाका सम्पूर्ण क्षेत्रका सडकहरु भग्नावशेषमा परिणत भएका छन्। प्यालेस्टाइन टावरदेखि लिएर धेरै महत्वपूर्ण आवासीय बहुतले भवनहरुमा इजरायलले आक्रमण गरेको छ।
यी आक्रमणमा गाजामा करिब ७०० जनाको ज्यान गएको छ भने हजारौँ घाइते भएको बताइएको छ।
गाजापट्टीमा २३ लाख मानिस बसोबास गर्छन्। जसमध्ये ८० प्रतिशत इजरायलसँग दशकौँदेखिको तनावका कारण मुख्य रूपमा मानवीय सहायतामा निर्भर छन्।
गाजा हमास चरमपन्थीको कब्जामा छ तर यसको हवाई क्षेत्र र तटीय क्षेत्र इजरायलको नियन्त्रणमा छ। जसले त्यहाँ के आउन सक्छ र के जान सक्छ भन्ने निर्णय गर्दछ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19