काठमाण्डौ । मध्यपूर्वमा द्वन्द्व बढ्दै जाँदा त्यसको प्रभाव विश्व सेयर बजारमा पर्न थालेको छ ।

खासगरि एसिया प्यासिफिक क्षेत्रमा  द्वन्द्व चर्किदै जाँदा सेयर बजारमा बिक्री दवाव बढेको हो । अष्टेलियाको सेयर बजार एक वर्षकै न्यून विन्दुमा आइपुगेको छ । अष्टेलियाको सेयर बजार अक्टोबर २०२२ पछि  कै न्यून विन्दुमा आएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

  यो समाचार तयार पार्दासम्म  साउथ कोरियाको कोसिप सूचक पनि जनवरी पछिकै न्यून विन्दु २ हजार ३०२ मा कारोबार भएको छ । साउथ कोरियाकै अर्को सूचक कोस्डाक पनि जनवरीपछि कै न्यून विन्दु ७४४ मा कारोबार भएको छ । साउथ कोरियाको चिप्स उत्पादक कम्पनीले १ खर्ब ५० अर्ब डलर गुमाएको अन्तरराष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

त्यसैगरि, जापानको निक्की २२५ ३० हजार ९९१ मा कारोबार भएको छ । यसैगरी भारतीय सेयर बजार सेन्सेक्स भने भारी गिरावटपछि आज सम्हालिएको छ । मध्यपूर्वमा द्वन्द्व बढ्दै जाँदा तेल र सुनको पनि लगातार बढीरहेको छ । -एजेन्सीहरु