काठमाण्डौ । जीवन बीमा क्षेत्रलाई विकास गर्ने पछिल्लो समय नयाँ खालको ट्रेन्ड चलेको छ ।
विभिन्न अवसरहरुमा अनावश्यक फजुल खर्च गर्नुभन्दा सोहि रकमको सहि सदुपयोग गर्ने प्रवृत्ति सर्वसाधारणमा आउन थलेको छ । विभिन्न चाडपर्व, विवाह उत्सव, पास्नी तथा जन्मदिनको अवसरहरुमा आफ्ना परिवार, आफन्त र साथीभाईहरुलाई अन्य भौतिक सामाग्री उपहार दिनुको सट्टा जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ ।
जीवन बीमा क्षेत्रमा यस्तो खालको प्रचलनले नयाँ आयाम थपेको छ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल घरभई हाल बौद्धमा बस्दै आएका गीता कुमारी शाही र विनोद श्रेष्ठले आफ्ना छोरा विहान श्रेष्ठलाई जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
उनीहरुले आइएमई लाइफ इन्स्योरेन्सको ‘बाल किरण जीवन बीमा’ उपहार दिएका हुन् । छोराको उज्वल भबिष्यको कामना गर्दै अन्य सामग्री उपहार दिनुभन्दा बीमा पोलिसी उपहार दिनु उचित लागेको उनले बताए । आर्थिक जोखिम बहन हुने र छोराको पढाईमा समेत भविष्यमा सहयोग हुने भएकोले श्रेष्ठ दम्पतीले आफ्नो छोरालाई १० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरी उपहार दिएका हुन् । उनीहरुले एजेन्सी म्यानेजर हरि कृष्ण श्रेष्ठसँग उक्त पोलिसी खरिद गरेका हुन् ।
पछिल्लो समय कम्पनीे सञ्चालनमा ल्याएको बाल किरण जीवन बीमा लोकप्रिय बन्दै गैरहेको छ । बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण हुने र चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता हुँदै आउने गर्दछ ।
साथै प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरूलाई बालबालिकाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए ।
बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बिरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने पनि उनले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago