काठमाण्डौ । बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरुले चीनबाट थप लगानीको साटो अर्बौं नाफा पनि छिटोछिटो लान थालेका छन् ।

एक आधिकारिक तथ्यांकले चीनको सुस्त अर्थतन्त्र, न्यून ब्याजदर र अमेरिकासँगको भू-राजनीतिक झगडाले यस्तो अवस्था सृजना भएको बताएको छ । यसले चीनको आर्थिक सम्भाबनामाथि शंका पैदा गरेको छ  ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका निक मारो भन्छन्, ‘भूराजनीतिक जोखिमको चिन्ता, घरेलु नीतिको अनिश्चितता र सुस्त बृद्धिले कम्पनीहरूलाई वैकल्पिक बजारहरूको बारेमा सोच्न प्रेरित गरिरहेको छ।’

चीनले सेप्टेम्बरको अन्त्यसम्मको तीन महिनामा विदेशी लगानीमा ११.८ बिलियन डलरको घाटा रेकर्ड गरेको छ,यो रेकर्ड  सन् १९९८ मा सुरु भएदेखि पहिलो पटक हो।यसले विदेशी कम्पनीहरूले आफ्नो नाफा चीनमा पुन : लगानी गर्दैनन्, बरु पैसा देशबाट बाहिर लगिरहेको भन्ने देखाउँछ। ‘चीनले हाल सुस्त बृद्धिको सामना गरिरहेको छ ।

जबसम्म चीनले आफ्ना नियामकहरुमार्फत् अपनाएको कडा नियमनलाई सुधार गर्दैन तवसम्म यस्तो अनिश्चितता कायमै रहने विश्लेषकहरुको भनाइ छ । चीनमा लगानी गरिरहेको स्विस औद्योगिक मेसिनरी निर्माता ओर्लिकनका प्रवक्ताले गत वर्ष चीनबाट २५० मिलियन फ्रान्क तान्नु परेको बताए ।

चीन विश्व बजारकै आकर्षक गन्तब्य मुलुक हो । कोरोना महामारीको शुरुवात भएदेखि ओर्लिकन जस्ता कम्पनीहरुले विश्वको सबैभन्दा ठूलो बजार चीनमा विविध खालका चुनौतीहरूको सामना गरिरहेका छन्।चीनले आफ्नो शून्य कोभिड नीति मार्फत् विश्वको सबैभन्दा कडा महामारी लकडाउन लागू गरेको थियो। यसले धेरै कम्पनीहरूको आपूर्ति शृङ्खलाहरूमा अवरोधहरू सृजना भए । जसका कारण सूचना प्रविधि कम्पनी एप्पलले त केहि उत्पादन भारतमा सारेर आफ्नो आपूर्ति श्रृंखला विविधीकरण गरेको छ।

यसअघि एप्पलले चीनमा नैआफ्ना अधिकांश आईफोनहरू निर्माण गरथ्यो । एप्पलले आईफोन उत्पादनलाई चीनबाट टाढा सार्नुमा नियामकको कडा नियमन तथा अनिश्चित भपिष्यलाई प्रमुख मानिएको छ । बजार विश्लेष्कहरुका अनुसार यस वर्ष त्यहाँ रहेका धेरै बहुराष्ट्रिय कम्पनीहरूले विविधीकरणलाई प्राथकितामा राखेका छन् । किनकि चीन र अमेरिका बीचको तनाव घटेको छैन, बरु बढेको छ । यसका अतिरिक्त यी दुई ठूला अर्थतन्त्र भएका मुलुक बीच विश्वव्यापी रुपमा कच्चा माल र चिप्सको निर्यातमा पनि अवरोध कायमै छ ।

चीनमा धेरै ठूला बहुराष्ट्रिय कम्पनीहरू दशकौंदेखि उत्पादनमा सक्रिय छन् । उनीहरुले २०, ३० वा ४० वर्षदेखि आर्जन गरेको बजार हिस्सा त्याग्ने सोच बनाएका त छैनन् तर नयाँ लगानीको सन्दर्भमा केहि वर्षदेखि उनीहरुको सोचमा भने परिवर्तन भएको देखिएको छ ।

ती कम्पनीहरुले चीनमा गरेको आम्दानीलाई त्यहाँ पुन ः लगानी नगरेको चीनको यूरोपेली संघ चेम्बर अफ कमर्सले बताएको छ। उसका अनुसार चीनमा धेरै नगद र आम्दानी भएका कम्पनीहरूले यस्तो रकम विदेशमा स्थानान्तरण गरिरहेका छन्, जहाँ उनीहरूले चीनको लगानीको तुलनामा उच्च मुनाफा कमाउने छन्।

गत वर्ष विश्वका धेरै देशहरूले ब्याज दर तीव्र रूपमा बढाएपछि यसमा चीनले पनि समर्थन गरेको थियो ।यूएस फेडरल रिजर्भ र यूरोपेली केन्द्रीय बैंकलगायत धेरै प्रमुख केन्द्रीय बैंकहरूले मुद्रास्फीतिसँग जुध्न ब्याजदर बढाइरहेका छन्। चीनका नियामकहरूले पनि आफ्नो अर्थतन्त्र र संघर्षरत कम्पनीलाई समर्थन गर्न ऋणको लागत कटौती गरेका छन्। यस वर्ष डलर र यूरोको तुलनामा यूआनको भाउ ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

विश्वव्यापी अर्थमन्दी कायमै रहँदाको समयमा  अवको केहि दिनपछि चिनियाँ नेता सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच सनफ्रान्सिस्कोमा महत्वपूर्ण बैठक हुँदैछ । यो बैठकले ठोस निष्कर्ष निष्कसने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् । -एजेन्सी