काठमाण्डौ । विश्वबजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको बेला भुर्चुअल मुद्रा विट्क्वाइनले पनि नयाँ रेकर्ड बनाउँदै गएको छ ।

विश्वबजारको सबैभन्दा ठूलो करेन्सि विट्क्वाइनको सेयर मूल्य १९ महिना यताकै उच्च विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म विट्क्वाइनको सेयर भाउ प्रतिगोटा ४१ हजार ४९२  अमेरिकी डलरमा कारोबार भइरहेको  छ । यो भनेको सन् २०२२ मे महिना यताकै सबैभन्दा उच्च हो ।

डिजिटल एसेस्टका सह-संस्थापक एन्टोनि ट्रेन्चेभका अनुसार क्रिप्टोको मूल्यले ४८ हजारदेखि ५२ हजार डलरसम्म पुग्ने सक्ने बताएका छन् । विश्वबजारमा यूएस फेडेरल रिर्जवले ब्याजदरमा गर्न सक्ने सम्भावित कटौतिको कारण सुन र क्रिप्टोकरेन्सिमा नयाँ रेकर्ड कायम भएको छ ।

यो सँगसँगै वित्तीय वर्ष सन् २०२४ क्रिप्टोकरेन्सिको वर्ष हुने पनि विश्वबजारमा चर्चा चलिरहेको छ । प्राविधिक विश्लेषकहरुले विट्क्वाइनमा बुलिस डाइभर्जेन्स बनेको बताइरहेकाले यसको मूल्य बढेको हो ।

यसका साथै वित्त वर्ष २०२४ मा विट्क्वाइनको भ्यालु  बढेर १ लाख डलरसम्म पुग्ने व्यापारिक पत्रिका फोब्र्सले समाचार छापेको छ । 

अन्तरराष्ट्रिय बजारमा नै केही संस्थागत र कर्पोरेट लगानीकर्ताहरुले भने विट्क्वाइनमा लगानी गर्ने लगानीकर्ताहरु बुल ट्रयापमा पर्न सक्ने चेतावनी पनि दिएका छन्  ।

विश्वबजारमा नै स्ट्यान्डर्ड चार्टर्ड  बैंक समूहले विट्क्वाइनको मूल्य पुन:  ५ हजार डलरसम्म आउन सक्ने पनि आकलन गरेको छ ।

विगतमा पनि बिट्क्वाइनको भाउ उकालो लाग्दा भाउले नयाँ उचाइ छुने प्रक्षेपण भएका थिए ।विट्क्वाइनको आविष्कार सन् २००८ मा भएको थियो । -एजेन्सीको सहयोगमा