काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि निक्षेपको ब्याजदर घटाएको छ । 

पुस १ गतेदेखि लागू हुने गरी यो बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशित गरेको हो । 

बैंकले मंसिरको तुलनामा पुसका लागि निर्धारण गरेको ब्याजदर ४.५७ प्रतिशतसम्म सस्तो छ । 

व्यक्तिगत मुद्दति निक्षेपतर्फ ९१ दिनका लागि ब्याजदर ८.५६ प्रतिशत तोकिएको छ । १२१ देखि ३६४ दिनका लागि ५ प्रतिशत र एकवर्ष वा सोभन्दा बढी अवधिका लागि पनि ५ प्रतिशत नै तोकिएको छ । 

पुसमा ९१ दिनका लागि ८.९७ प्रतिशत, १२१ देखि ३६४ दिनका लागि  ५.२५ तथा एक वर्ष वा सोभन्दा बढी अवधिका लागि पनि ५.२५ प्रतिशत नै तोकिएको थियो । 

संस्थागत मुद्दतितर्फ भने बैंकले पुसकै ब्याजदरलाई निरन्तरता दिएको छ । जसअनुसार १८० देखि ३६४ दिने स्किमका लागि ४.७५ प्रतिशत तथा एकवर्ष वा सोभन्दा बढी अवधिको निक्षेपका लागि ५.२५ प्रतिशत ब्याजदर तोकिएको छ । 

कल डिपोजिटको अधिकतम ब्याजदर मंसिरमा २ प्रतिशत रहेकोमा त्यसलाई घटाएर १.८ प्रतिशत बनाइएको छ । 

बैंकले बचत खाताको ब्याजदर पनि घटाएको छ । सामान्य बचत खाताको ब्याजदर ३.६० प्रतिशत बनाइएको छ । मंसिरमा ४ प्रतिशत थियो । 

स्पेशल बचत खाताको ब्याजदर ४.६५ प्रतिशत बनाइएको छ, जुन मंसिरमा ५.०५ प्रतिशत थियो । 

बैंकको असोजको आधारदर ८.४२ प्रतिशत रहेकोमा कात्तिकमा घटेर ७.८४ प्रतिशत रहेको छ । मंसिरका लागि तोकिएको विभिन्न खालका ऋणहरुको ब्याजदरको प्रिमियममा कुनै परिवर्तन नभएकोले आधार दर घट्दा यो बैंकबाट लिएको ऋणको ब्याजदर समेत घट्नेछ ।