काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ६ वटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले हिमालयन डिष्ट्रीलरी,साना किसान विकास लघुवित्त,घोराहि सिमेन्ट,सर्पोट माइक्रोफाइनान्स,आत्मनिर्भर लघुवित्त र राधि विद्युत कम्पनीको बोनस सेयरका लागि मूल्य समायेजन गरेको हो ।  

नेप्सेले हिमालयन डिष्ट्रीलरीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १७२५.४५,साना किसान विकास लघुवित्तको ८८८.३२,घोराहि सिमेन्टको ५०२.६१,सर्पोट माइक्रोफाइनान्सको ९५५.७५,आत्मनिर्भर लघुवित्तको १६५९.०९ र राधि विद्युतको २२८.६४ रुपैयाँ निर्धारण गरेको छ ।