काठमाण्डौ । बोनस सेयरका लागि तीन कम्पनीका सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जीवन विकास लघुवित्त, कालिका पावर र युनिभर्सल पावरको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार जीवन विकास लघुवित्तको सेयरमूल्य १३२२.२ रुपैयाँ,  कालिका पावरको ३३४.५५ रुपैयाँ र  युनिभर्सल पावरको २०१.७५ रुपैयाँ कायम भएको छ ।  

यसअघिको अन्तिम कारोबार दिन जीवन विकास लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १५०७ रुपैयाँ, कालिका पावरको ३६८ रुपैयाँ र युनिभर्सल पावरको २१९ रुपैयाँ कायम थियो । 

अब समायोजित मूल्यअनुसार यी  तीनवटै कम्पनीको सेयर कारोबारमा आउनेछ।

जीवन विकास लघुवित्तले गत आर्थिक वर्षका लागि १४ प्रतिशत बोनस सेयर र ०.७३ प्रतिशत नगद(कर प्रयोजनका लागि),कालिका पावरले १० प्रतिशत बोनस सेयर र ०.५२ नगद,युनिर्भल पावर कम्पनीले ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ नगद लाभांस वितरणको घोषणा गरेका छन् ।