काठमाण्डौ । माछापुच्छ्रे बैंकले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको १ लाख ६० हजार ७ सय ४२.६४ कित्ता सेयरको लिलामी आज(कात्तिक ५ गते)बाट खुलाएको छ ।
बैंकले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको सर्वसाधारण समूहतर्फको १ लाख ४० हजार ७ सय ४०.२४ कित्ता तथा संस्थापक समूहतर्फको २० हजार २.४० कित्ता सेयर लिलामीबाट बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
यो बैंकले गत साउन ५ देखि निश्कासन गरेको हकप्रदमा सबै सेयरधनीले आवेदन दिएका थिएनन् । आवेदन नपरेका सेयर बिक्रीका लागि लिलामी खुलाउन लागेको हो ।
लिलामीमा सहभागी हुन चाहनेले कात्तिक १३ गतेसम्म बिक्री प्रबन्धक एनएमबी क्यापिटलको मुख्य कार्यालयमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । परेका बोलपत्र कात्तिक १४ गते खोलिने बताइएको छ ।
इच्छुक लगानीकर्ताले प्रतिकित्ता न्यूनतमा १०० रुपैयाँ मूल्य राखेर न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
हाल यो वाणिज्य बैंकको चुक्तापूँजी ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रदको सम्पूर्ण पूँजीकरणपछि चुक्तापूँजी वृद्धि भई ७ अर्ब ३९ करोडको उचाईमा पुुग्नेछ ।
यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता ३ सय २३ रुपैयाँ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago