Global Ime Bank
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले पुस ७ गते आइतबारदेखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।
संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय बिस्तार गर्ने यो बैंक देशकै पहिलो वाणिज्य बैंक हो ।
संयुक्त अधिराज्य बेलायतको एल्डरसर्टस्थित सम्पर्क कार्यालयको एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे ।
सो अवसरमा गर्भनर डा. नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गरे ।
कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले आफ्नो मन्तव्य राख्दै ग्लोबल आइएई बैंकले देशभित्र मात्र नभएर देशबाहिर समेत प्रदान गरिरहेका सेवा सुविधाको प्रशंसा गर्दै बैंकको प्रगतिको कामना गरे ।
समारोहमा बोल्दै ग्लोबल आइएमई बैंक लिमीटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक बिकासमा नयाँ तरङ्ग ल्याउने दाबी गरे । उनले बैंकले देशभित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देशबाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरुमाझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताउदैँ विदेशमा पनि शाखा कार्यालय विस्तारमा आगामी दिनमा अगाडि बढ्ने जानकारी दिए ।
उनले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै बेलायतस्थित व्यवसायीहरुलाई लगानी बिस्तार गर्न आग्रह गरे ।
समारोहमा बेलायतका सरकारी अधिकारीहरुले आफ्नो मन्तव्य राख्दै बैंकको प्रगतिको काम गरेका थिए ।
ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्र्पकरप्रतिनिधी कार्यालय खोलेपछि बैंककोे सम्पर्क/प्रतिनिधी कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरुबीच व्यापारिक एवं लगानी सम्बन्धी प्रवद्र्धनात्मक कार्यमा समेत सघाउनेछ । यसको अतिरिक्त काम तथा पढाईको सिलसिलामा संयुक्त अधिराज्य बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न समेत सहज हुने विश्वास गरिएको छ ।
ग्लोबल आइएमई बैंकले यसअघि अष्ट्रेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्र्पकरप्रतिनिधी कार्यालय खोलिसकेको छ । यि तीन देशका अतिरिक्त अन्य मुलुकहरुमा पनि सम्पर्क/प्रतिनिधी कार्यालय खोल्नका लागि आगामी दिनमा प्रक्रिया अगाडी बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बताए ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यो बैंकले स्थापनाकालदेखि नै रेमिट्यान्स सेवामा जोड दिदै आएको छ । बैंकले हाल कोरिया र भारतबाट सबैभन्दा बढी रेमिट्यान्स नेपालमा भित्र्याउने गरेको छ । यस्तै, मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago