काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिने समय अब २ दिन मात्र बाँकी छ । 

बैंकले पुस १७ गतेदेखि १० बराबर ८ कित्ताको अनुपातमा हकप्रद बिक्री खुल्ला गरेको थियो । हकप्रदमा आवेदन दिने अन्तिम समय माघ २१ लाई तोकिएको छ । यसको अर्थ अब सांग्रीलाका सेयरधनीका लागि हकप्रद सेयर खरीद गर्न शुक्रबार र आइतबार गरी २ कार्यदिन मात्र बाँकी रहेको छ । 

यो बैंकले मंसिर ८ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिनसक्ने प्रष्ट्याएकोछ । हकप्रद खरीद गर्नेहरुले बैंकले २०७३ ७४ को मुनाफाबाट बाँडफाँड गर्ने बोनस सेयर र नगद लाभांश समेत प्राप्त गर्ने पुनः प्रष्ट्याएको छ । 

बैंकको हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमीटेड रहेको छ । प्रभू क्यापिटलको कमलादिस्थित मुख्य कार्यालय, सांग्रीला बैंकका  सबै शाखा कार्यालयहरु, प्रभू बैंकका  बनेपा, विराटनगर, वीरगञ्ज, जनकपुर र दमकस्थित शाखा कार्यालय तथा आस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरुमार्फत सजिलै दरखास्त फारम भर्न सकिने व्यवस्था मिलाइएको बैंकको प्रष्टोक्ति छ ।