नयाँदिल्ली(रासस/सिन्ह्वा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत पुगेका छन्।

भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनी सहभागी हुने भ्रमण तालिका रहेको छ।उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्नेछन् ।राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्दैछन् ।

राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकत्तामा त्यस्ता परियोजना सुरु गर्न लागेका हुन्। भ्रमणका क्रममा उनले भारतका कोलकत्ता, मुम्बई, पुणे र गुरगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवासँग भेट गर्नेछन्।

 “अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उहाँलाई त्यही अनुसारको व्यवहार गरेको छ,” उनले भने ।