काठमाण्डौ । प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक समुह तर्फको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समुह तर्फको ५,०९,२२५.०० कित्ता गरी कुल ९,०१,९९७.५० कित्ता हकप्रद शेयर लिलाम बिक्रीका लागि परेका शिलबन्दी खोली सेयर बाँडफाँड गरिएको छ । 

यसरी खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये कट अफ रेट संस्थापक समुह तर्फ रु. १०५ तथा सर्वसाधारण समुहतर्फ रु. १४२ भन्दा बढीको दरमा प्राप्त भएको बोलपत्रलाई दरखास्त भए जति सबै कित्ता शेयर बाँडफाँड गरियो । यस्तै, बाँकी रहेको संस्थापक समुहतर्फ रु. १०५ प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४.२२ प्रतिशतले तथा सर्वसाधारण समुह तर्फ रु. १४२ प्रस्ताव गर्ने बोलपत्रदातालाई १६.१० प्रतिशतले दामाशाही रुपमा बाँडफाँड गरिएको छ । 

यसरी बाँडफाँड भएका संस्थापक समुहतर्फ ५७ जना आवेदकबाट प्राप्त ३,९२,७७२.५० कित्ता शेयर बापत रु. ४,२०,५५,४०१ तथा सर्वसाधारण समुहतर्फ ३५३ जना आवेदकबाट प्राप्त ५,०९,२२५ कित्ता शेयर बापत रु. ७,४७,९२,०२८।२० गरी जम्मा रु. ११,६८,४७,४२९।२० मध्येबाट संस्थापक समुह तर्फ रु. २७,७८,१५१।०० तथा सर्वसाधारण समुह रु. २,३८,६९,५२८।२० गरि जम्मा  रु. २,६६,४७,६७९।२० शेयर प्रिमियम खातामा जम्मा हुने सांग्रिला बैंकले जनाएको छ । 

शेयर बाँडफाँड पश्चात सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर पूँजी रु. २ अर्ब ५० करोड पुग्ने बताइएको छ ।