काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आप्mनो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा विभिन्न सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ । 

जस्तैः भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निःशुल्क स्वास्थ्य जाँच, आँखा शिविर, बागमती नदी सरसफाई, वृक्षारोपण लगायतका सामाजिक क्रियाकलापहरुमा प्रत्यक्ष सहभागिता जनाउँदै प्रभु बैंकले समाजप्रतिको आफ्नो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्दै आईरहेको छ । 

यसै क्रममा बुधबार एक कार्यक्रमका बीच काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई बैंकको तर्पmबाट ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । 

काठमाण्डौ, बबरमहल स्थित प्रभु बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ मार्पmत् ५ थान कम्प्युटरहरु चण्डेश्वरी उच्च माध्यमिक विद्यालायलाई हस्तान्तरण गरेका हुन् ।

ती  कम्प्युटर हस्तान्तरण पश्चात् चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई कम्प्युटर प्रणाली मार्फत दैनिक प्रशासनिक क्रियाकलापमा सहयोग पुग्नुका साथै विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरु तथा समग्र विद्यालय परिवारलाई सुचना तथा प्रविधिसँग साक्षात्कार गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।