काठमाण्डौ ।  माछापुच्छ्रे बैंकले आकर्षक सुबिधासहितको एमबिएल स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । 

सो  खातामा न्यूनतम रु ५,००० बचत गरी ६.०० प्रतिशत ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

यो खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेका छन् । स्मार्ट सुविधाअन्र्तगत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा निःशुल्क तथा लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गरिरहेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

यो खाता थप आर्कषक बनाउन बैंकले स्वास्थ्य र दुर्घटना बिमाको सुविधा समेत प्रदान गर्ने भएको छ,जसमा ग्राहकले रु पाँचलाखसम्मको दुर्घटना बिमा, रु १ लाख सम्मको अस्पताल भर्ना खर्च र रु ५ हजारसम्मको औषधि खर्च निःशुल्क प्राप्त गर्नसक्ने बताइएको छ ।

बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहक वर्गलाई प्रोत्साहित गर्ने उद्देश्यले स्मार्ट बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले हाल देशभर ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर लगायत १९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानबाट बित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८६ वटा एटीएमहरु रहेका छन् ।