काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा एकशाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

बैशाख १६ गते कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं–१०, घान्द्रुकमा शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

योसहित माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित  बैंकिङ्गको संख्या  १९ पुगेको छ । 

ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरिएको छ । 

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म  आफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्सटेन्सन काउन्टरहरु लगायत १९ शाखारहित  बैंकिङ्ग  सेवा समेत गरी  जम्मा ८५ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा छन् ।