काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले काठमाण्डौ महानगरपालिका वडानम्बर १६, कालधारा चौकमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । 

नेपाल राष्ट्र बैंक, संचालक समितिका सदस्य रामजी रेग्मीले एक समारोहका बीच सो शाखाको उद्घाटन गरेका हुन् ।

शाखाको विधिवत उद्घाटन गर्दै रेग्मीले एनसीसी बैंकले शाखा खोलेर यस क्षेत्रको उद्योगी, व्यवसायी एवं बचतकर्ताहरुलाई समेत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने विश्वास  व्यक्त गरे । 

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृती रमेशराज अर्यालले अन्य स्थानमा जस्तै यस क्षेत्रमा पनि बैंकले गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बैंकले मर्जर पश्चातका विभिन्न कुरा व्यवस्थापन गरी शाखा विस्तारमा लागेको जानकारी दिए ।