काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले सोमबार ललितपुरको सातदोबाटोमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

सातदोबाटो शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमका बीच गरे । 

सो समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सुमेरु अस्पतालका अध्यक्ष भरत मर्हजन, प्रहरी निरिक्षक शिताराम हाछेथु तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिति थियो।

योसँगै बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।