काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले असार १२ मंगलबारका दिनदेखि संचालनमा आउने गरी आफ्नो बाराहीचोकस्थित लेकसाइड शाखालाई हल्लनचोकमा स्थानान्तरण गरेको छ । 

सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सी.ले गरे । साथै उद्घाटन कार्यक्रममा बैंकका पूूर्व अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद सूूर्यबहादुुर के.सी. र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले शाखाको सफलताका लागि शुुभकामना व्यक्त गरे ।

नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बंैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै आफ्नै एटिएमको सुबिधा समेत हल्लनचोकमा स्थानान्तरण गरेका बताएको छ । 

यस बैंकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्ब निक्षेप परिचालन गरी रु. ६२ अर्ब  कर्जा प्रवाह गरेको छ भने सोही अवधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।