काठमाण्डौ । माछापुच्छ्रे  बैंक लिमिटेडले २ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । 

बैंकले असार १८ र १९गते धनुषाको नागराइन नगरपालिका स्थित फुलगामा र सप्तरीको अग्रिसाइर कृष्णसावरण गाउँपालिका स्थित माहुलीमा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।

ती शाखाहरुको उद्घाटन पूर्व सभासद तथा बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले क्रमशः नागराइन नगरपालिकाका मेयर प्रमेश्वर यादव र अग्रिसाइर कृष्ण सावरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीसँग संयुक्त रुपले गरे ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, धनुषाको धारापानीमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ ।

सो एटिएमको उद्घाटन मध्यपूर्वीय पृतना, धारापानीका पृतनापति ईश्वर हमालले गरे । यस बैंकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्ब निक्षेप परिचालन गरी रु. ६२ अर्ब कर्जा प्रवाह गरेको छ भने सोही अवधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।