काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र रिद्धिसिद्धि ज्वेलर्स, न्युरोड काठमाण्डौंबीच मुक्तिनाथ भिसा डेविट कार्ड प्रयोग गर्ने ग्राहकलाई सुनको गहना बनाउँदा वा खरीद गर्दा २० प्रतिशतसम्म छुट तथा हिराको गहनामा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका प्रमुख बसन्त बक्सी र रिद्धि सिद्धि ज्वेलर्सको तर्फबाट ग्राहक सेवातर्फका प्रबन्धक अजय अधिकारीले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभर फैलिएका आफ्ना ८२ वटा शाखा, १३ वटा ए.टि.एम. र तीनलाख पचत्तर हजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19