Nepal Investment Bank
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले सिन्धुपाल्चोकको पिस्करमा आफ्नो ७३ औ शाखा बिस्तार गरेको छ । १५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ३ अन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिकास्थित पिस्करमा बैंकको शाखा खोलिएको हो ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।
ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेड एक मात्र निजी क्षेत्रको बैंक रहेको दाबी गरिएको छ ।
आठ लाखभन्दा बढी ग्राहक रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago