काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले साउन १८ गते मोरंगको टंकीसिनुवारीमा शाखा स्थापना गरी संचालनमा ल्याएको छ । 

एक समारोहका बीच सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा प्रमुुख अतिथी डेपुुटी गर्भनर श्री शिवाकोटीज्यूूले बैंकमा पैसा राख्दा रु. ३ लाख सम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने भएकोले बैंक मार्फत कारोबार गर्न आग्रह गरे ।

सो कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्रप्रसाद श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य बैंकका संस्थापक प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले गरे ।

योसँगै अब यस विकास बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु  संचालनमा आउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।