काठमाण्डौ । ज्योति विकास बैंकले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

विर्तामोड नगरपालिका वडा नं ५ विर्तामोड बजारमा रहेको सो शाखा औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाबाट एक कार्यक्रमका बीच श्रावण १८ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री चिन्तामणि शिवाकोटीले नेपाल सरकारको सम्पूर्ण नेपालीको बैंक खाता हुनुपर्ने नीतिअनुरुप नेपाल राष्ट्र बैंकले बैंकिङ्ग पहुँच सर्वसाधारणमा पुर्याउने नीति लिएको सन्दर्भमा विर्तामोड नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै बैंकको प्रगतिको कामना गरे ।

साथै बैंकका संचालक धुव्र कोईरालाले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी समयमै पुर्याउन सक्षम बैंकले विपन्न परिवारका लागि लघु कर्जा देखि ठूला औद्मोगिक कर्जा दिन सक्षम रहेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । साथै यस बैकलै आफ्नो टोखा र पोखरा शाखा कार्यालयबाट समेत नयाँ एटीएम सेवाको सुरुवात गरेको छ । 

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएममार्पmत सेवा उपलब्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणीमार्फत रु. १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।