काठमाण्डौ । ग्राहकहरुलाई विभिन्न किसिमका वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ बरदान मुद्दति” योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले १ वर्ष अवधिमा न्यूनतम रु. ५ लाखदेखि निक्षेप राख्न सक्नेछन् । बैंकले यस योजनाअन्तर्गत राख्ने निक्षेपमा बार्षिक ११.५०  प्रतिशत ब्याज प्रदान गर्नेछ । 

यस योजना बैंकको देशैभरका ९५ वटै शाखाबाट उपलब्ध हुने बताइएको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, भिसा डेबिटकार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।