काठमाण्डौ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभर आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ गोकर्णेश्वर(जोरपाटी) न.पा. वडा नं. ०५, मा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सो शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।
सो क्रममा श्रेष्ठले प्रविधि प्रयोग गरी घरमै बसी कारोवार गर्न सक्ने बनाउन शुभकामना दिए । साथै सहज रुपमा खाता खोल्न बित्तीय साक्षरता लगायतका सेवा पनि प्रदान गर्न आवश्यक रहेको बताए । साथै यस विकास बैंकले कृषि र विपन्नवर्गमा प्रदान गरेको लगानीको उनले प्रशंसा गरे ।
कार्यक्रममा यस विकास बैंकका ब्रान्ड एम्बेसडर कुन्जना घिमिरे (सुन्तली), वागमती अभियन्ता उत्तम पुडासैनी, वडा अध्यक्ष नारायण सुवेदी, उपमेयर शान्ति नेपाल लगायतले बैंकको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताए ।
उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमबाट देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाण्डौ उपत्यकाभित्र जोरपाटी लगायत महाराजगञ्ज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहिल, माछापोखरी, कोटेश्वर र भक्तपुरको कमलविनायक गरी १२ शाखाहरु संचालनमा आइसकेका छन् भने ठमेल, कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago