काठमाण्डौ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ म.न.पा. वडा नं. १६, ठमेलमा मंगलबार आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सो शाखा कार्यालयको समुद्घाटन गरे ।
सो अवसरमा शिवाकोटीले बैंकिङ्ग कारोबारमा सहज र सरल हुनुपर्नेमा जोड दिए । साथै सहज रुपमा खाता खोली वित्तीय साक्षरता लगायतका सेवा पनि प्रदान गर्न आवश्यक रहेको बताए । यस विकास बैंकले यी सबै कामहरु उत्कृष्ट रुपमा गर्दै आएकोमा प्रशंसा गर्दै ठमेल शाखाको प्रगतिको कामना गरे ।
कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ्ग, नेपालमहिला सघंका क्षेत्रीय सभापति (क्षेत्र न. ६)सावित्री राजभण्डारी लगायतले बैंकको सफलताको शुभकामना राखेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा बिस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमबाट देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाण्डौ उपत्यकाभित्र ठमेल लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटी र भक्तपुरको कमलविनायक गरी १३ शाखाहरु संचालनमा आइसकेका छन् भने कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago