Atm
काठमाण्डौ । हाम्रो जस्तो विकासोन्मुख मात्र होइन, विकसित देशमा समेत एटीएम ठगीका ठूला–ठूला काण्डहरु हुने गरेका छन् । तपाईंले एटीएम प्रयोग गर्दा हुने असावधानीको फाइदा यस्ता ठगहरुको गिरोहले उठाइरहेको हुन्छ । हालै मात्र भारतमा ६० लाख डेबिट कार्डमा यस्तै समस्या आयो । एकसाथ ह्याकरहरुले यति ठूलो संख्याका डेबिट कार्ड तथा एटीएमहरुलाई ह्याकको प्रयास गरे । त्यहाँ रातारात एटीएम कार्ड ब्लक गरियो भने ह्याकरहरुबाट सुरक्षित बन्न सकिने खालको एटीएम कार्ड केही बैंकहरुले रिप्लेस पनि गरे । नेपालमा समेत बेला–बेला विदेशी ठगहरुको गिरोह एटीएम ठगीका लागि सक्रिय हुने गरेको प्रहरीले गर्ने कारबाहीबाट खुल्ने गरेको छ । अधिकांश एटीएम प्रयोग भएको समयमा ह्याक हुने गरेको छ । विदेशी एजेन्सीहरुको सहयोगमा हामीले आज तपाईंलाई एटीएमबाट ह्याकरहरुले कसरी ठगी गर्ने गर्छन र ती कुरामा हामी कसरी सचेत हुने भन्ने एक्सक्लूसिभ टिप्स दिन गइरहेका छौ ।
एटीएम ठगीमा ह्याकर्सहरुले तपाईंको पिनको डिटेल र कार्ड नम्बर समेत चोरी गर्ने गर्छन । त्यस्तै ठगीलाई सफल बनाउन त्यस्ता गिरोह नयाँ–नयाँ तरिका समेत अपनाइरहेका हुन्छन् । यस्तो अवस्थामा तपाईंले केही आधुनिक विधि र तरिकाको बिषयमा अपडेट हुन अत्यावश्यक हुन्छ । यस्ता विधि अपनाएर तपाईं ठगीबाट बच्न सक्नुहुन्छ ।
एटीएममा यसरी हुन्छ ठगी
अन्तराष्टिय क्षेत्रका बैंक विज्ञका अनुसार ह्याकरहरुले डाटा चोरी गर्नका लागि कार्ड स्किमिंग, गोप्य क्यामेरा, नक्कली किबोर्डसँगै शोल्डर सर्फर्स जस्ता नयाँ तरिका समेत अपनाउने गर्छन । यस्तो अवस्थामा प्रयोगकर्ताको डाटा चोरी गर्नका लागि हरेक संभव क्षेत्रमा ह्याकरले डिभाइस लगाएर ह्याकिंग गर्ने कोशिश गरिरहेका हुन्छन् । यदि प्रयोगकर्ता सचेत हुने हो भने यस्ता एटीएम काउण्टर प्रयोग गर्नबाट उनीहरु बच्न सक्छन । यो उपायबाट उनीहरु ठगीबाट बच्न सक्छन् ।
कार्ड स्किमिङ यसरी गर्नुहोस्
तपाईले एटीएममा जहाँ आफ्नो कार्ड घोट्नुहुन्छ, त्यहाँ ह्याकरले कार्ड रिडर लगाएका हुनसक्छन् । यस्तो अवस्थामा तपाई जब कार्डलाई घोट्नुहुन्छ, तब कार्डको डिटेल ह्याकरसम्म पुग्नसक्छ । यो प्रोसेसलाई कार्ड स्किमिङ भनिन्छ ।
जुन मेसिनबाट कार्ड स्किमिङ हुन्छ, त्यहाँ कार्ड रिडरको स्पेस निकै चौडा हुने गरेको पाइएको छ । अर्थात, त्यो सामान्य स्पेसको तुलनामा निकै ठूलो हुन्छ । यस्तो अवस्थामा जब तपाईं एटीएम कार्ड एटीएम मसिनमा घोट्नुहुन्छ वा छिराउनुहुन्छ, सो बेला यो कुरालाई निकै ध्यान दिनुपर्ने हुन्छ ।
गोप्य क्यामेराबाट पिन चोरी हुनसक्छ
ह्याकरले एटीएम पिन वा पासवर्ड चोर्न कयौं पटक एटीएम मेसिनमा हिडेन(गोप्य) क्यामेरा लगाउँछन । यो क्यामेरा स्क्रीनको ठीक माथिल्लो भागमा लगाइएको हुन्छ । यस्तो अवस्थामा पिन लगाउने क्रममै तपाईंको डाटा चोरी हुनसक्छ । त्यसकारण एटीएम प्रयोग गर्ने क्रममा यी कुरालाई विशेष ध्यान दिनुहोस् । स्क्रीनमाथि कुनै सानो प्वाल वा छिद्र पो छ कि भन्ने कुरा एटीएम प्रयोग गर्ने क्रममा ध्यान दिनुहोस् । यदि त्यस्तो प्वाल वा छिद्र देख्नुभयो भने त्यहाँ हिडेन(गोप्य) क्यामेरा लगाइएको हुनसक्छ । ह्याकरहरुले यो कामका लागि निकै सानो छिद्रको समेत प्रयोग गरिरहेका हुनसक्छन् । यस्तो अवस्थामा यो कुरामा विशेष ध्यान दिन आवश्यक छ ।
यसरी चिन्नुहोस् नक्कली किबोर्ड
ह्याकरहरुले एटीएममा नक्कली किबोर्डको समेत प्रयोग गरिरहेका छन् । यस्तो किबोर्डबाट उनीहरुले तपाईको पिन नम्बर पत्ता लगाउन सक्छन् । यस्तो किबोर्ड उनीहरुले एटीएममा पहिलादेखि लगाइएको सक्कली किबोर्ड माथि लगाउँछन । जुन एटीएममा यस्तो किबोर्ड लगाइएको हुन्छ, त्यो एटीएम प्रयोग गर्नुुअघि तपाईंले जाँच गर्न सक्नुहुन्छ । यस्तो किबोर्ड प्रयोग गर्ने क्रममा निकै नरम हुन्छ । जबकि एटीएमको सक्कली किबोर्ड धेरै नरम हुँदैन ।
स्क्रीन नै हुनसक्छ ह्याक !
कतिपय अवस्थामा ह्याकरहरुले एटीएम सफ्टवेयरलाई ह्याक गरी स्क्रीनमा भ्रामक म्यासेज पठाउन थाल्छन् । यस्तो अवस्थामा प्रयोगकर्ताले स्क्रीनमा आएको म्यासेज अनुसार कमाण्ड दिन थाल्छन् । यो प्रक्रियामास्क्रीनमा दुई दुईपटकसम्म पिन कोड टाइप गर्ने अप्सन आउँछ । यदि एटीएम प्रयोग गर्ने समयमा यस्तो अप्सन आयो भने तपाई सचेत हुनुपर्छ । साथै, यस्तो एटीएम प्रयोग गर्नबाट पनि सक्दो बच्नुहोस् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19