काठमाण्डौ । बेलायतमा अगस्ट महिनादेखि रेस्टुराँ, क्याफे र पबमा सेवाग्राहीले ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।
कोरोना महामारीबाट आक्रान्त हस्पिट्यालिटी सेक्टरलाई सम्हाल्न बेलायत सरकारले यस्तो योजना सार्वजनिक गरेको हो। बेलायतका वित्तमन्त्री ऋषि सुनकका अनुसार अगस्टबाट सर्वसाधारणले यो योजनाको फाइदा उठाउन सक्नेछन्। ‘देशभर रहेका रेस्टुराँ, क्याफे र पबमा छुटको व्यवस्था गरिनेछ’, उनले भने।
कोरोना महामारीबीच देशको अर्थव्यवस्था फेरि सुरु गर्नका लागि वित्तमन्त्री सुनकले ‘इट आउट टु हेल्प आउट’ डिस्काउन्ट घोषणा गरेका हुन्। यो योजनाअनुसार यदि सर्वसाधारणहरु सोमबारदेखि बुधबारसम्म बाहिर रेस्टुराँ, क्याफे वा पबमा खाना खान्छन् भने प्रतिव्यक्ति १० पाउन्डसम्म जोगाउन सक्नेछन्। यद्यपि यो डिस्काउन्ट रक्सीमा भने उपलब्ध हुने छैन। तर, खाना र सफ् ड्रिङ्क्समा भने उलब्ध हुनेछ।
मन्त्री सुनकका अनुसार हस्पिट्यालिटी र पर्यटनमा भ्याट घटाएर ५ प्रतिशतमा सीमित गरिएको छ। पहिले यस्तो भ्याट २० प्रतिशत थियो । यो घटेको भ्याट आउँदो ६ महिनासम्म लागू हुनेछ।
बेलायतमा पब र रेस्टुराँ तीन महिनापछि आउँदो शनिबारबाट खुल्दैछन्। सुनकले सर्वसाधारणलाई आश्वास्त पार्दै भने, ‘बाहिर खाना खान सुरक्षित छ।’
सुनकले यो योजनाको मुख्य उद्देश्य भनेको रेस्टुराँ, क्याफे र पबमा पहुनालाई भरपूर स्वागत गर्न र १.८ मिलियन मानिसलाई पुनः काममा फर्काउन सकियोस् भन्ने रहेको बताए। यद्यपि बेलायत सरकारको योजना कोरोना संकटबीच झनै खतरापूर्ण हुन सक्ने भन्दै आलोचना भइरहेको छ। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19