काठमाण्डौ । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्राइभेट लिमिटेडले हालै नेपालमा प्रमाणिकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारी साधनहरूका बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअपसहितको पहिलो आधिकारिक (सर्टिफाइड) शोरूमको चार फरक स्थान काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकै साथ उद्घाटन गरेको छ ।
कम्पनीले चाँडै नै पोखरा तथा देशका अन्य स्थानहरूमा आफ्नो शाखा विस्तार गर्ने योजना पनि बनाएको छ।
नेपाली बजारको इतिहासमा बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणासहित प्रमाणिकरणयुक्त (सर्टिफाइडड) प्रयोग गरिएको सवारी साधन ल्याइएको यो पहिलोपटक हो । अबदेखि ग्राहकहरूले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारी साधनहरू खरिद गर्न सक्नेछन् ।
बिक्री, सेवा र स्पेयर पाटर््स सुविधाहरूका साथ यस प्रमाणीकरणयुक्त सवारी साधनहरू (सर्टिफाइड यूज्ड भेहिकल्स) स्थापनाको मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई थप सुविधाजनक र किफायती बनाएर प्रमाणीकरणयुक्त महिन्द्रा सवारी साधनहरू र यसका गुणस्तरीय सेवाहरूमा पहुँचको थप सुविधा प्रदानगर्नु हो । अहिलेका लागि विशेष रुपमा महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी साधनहरू, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अग्नि ग्रुपका कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठले यो अवसरमा भने, “आजका दिनमा प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारी साधनहरू विश्वभरि लोकप्रिय छन्, तर यो नेपालमा पहिलोपटक यस्तो अवधारणा ल्याइएको हो । हामीले बेच्ने सवारीहरू प्रयोग भइसकेका भए पनि हामी यसलाई नयाँ अवस्थामा जस्तै उपलब्ध गराउँछौं । यस्ता ग्राहकहरूले प्रयोग भइसकेका सवारी साधनहरू २०० चेकप्वाइन्ट निरीक्षणसहित १२\७ सर्भिस सुविधा, सक्कली स्पेयर पार्टस् र सक्कली सहायक सामग्री (एक्सेसरिज), बडी एन्ड पेन्ट्स सुविधा, भेहिकल ग्रुमिङ सेवासहितका सेवासुविधासहित पाउनसक्ने बताइएको छ ।
प्रयोग गरिएको कारले निश्चित रूपले पैसा पनि बचाउँछ र ग्राहकहरूले आफूले चलाइरहेको वर्ग (सेग्मेन्ट)का सवारी साधनहरूलाई सुस्त मूल्य ह्रास (डिप्रिसियसन)को तनावबाट मुक्त भई स्तरवृद्धि गर्न सक्नु हुनेछ । विज्ञप्तिमा भनिएको छ–‘हामीसँग धेरै रिकन्डिसन सेन्टरहरू र डिलरहरू छन् जसले देशमा प्रयोग भइसकेका सवारी साधनहरू खरिद तथा बिक्री गर्छन् । तर हामीले बहुमूल्य ग्राहकहरूको पीडा देखेका र महसुस गरेका छौं, जब उनीहरूसँग सक्कली सर्भिस सेन्टरहरू छैनन्, जहाँ उहाँहरूले प्रयोग गरेको सवारीहरू खरिद गरेपछि विश्वास गर्न सक्छन् । तर, अग्नि आस्था आफ्ना ग्राहकहरुका लागि एकलविन्दु समाधानको रूपमा आएको छ ।”
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago