काठमाण्डौ । मधेश प्रदेशमा नयाँ सवारी साधन दर्तामा २३.५० प्रतिशतको गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० ले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार आव २०७९/८० मा मधेश प्रदेशमा १ लाख २ हजार २८ सवारी साधन नयाँ दर्ता भएका छन् । जुन गत आवको तुलनामा २३.५० प्रतिशतले कम हो । समीक्षा वर्षमा सवारी साधनहरू मध्ये मोटरसाइकलको नयाँ दर्ता संख्यामा २५.८८ प्रतिशत र अन्य यातायात साधनको नयाँ दर्ता संख्यामा ५.३८ प्रतिशतले ह्रास आएकोछ ।