काठमाण्डौ । हुन्डाई मोटर इन्डियाले न्यू जेनेरेशन मिड साइज एसयुभी क्रेटाको पहिलो आधिकारिक टिजर लञ्च गरेको छ । 

यसका साथै कम्पनीले कारको बुकिङसमेत सुरु गरेको छ । दक्षिण कोरियाली कार निर्माता कम्पनीले फेसलिफ्टेड क्रेटा १६ जनवरीमा लञ्च गर्दैछ ।

यो कार ७ वटा भेरियन्ट–ई,एक्स,एस,एस(ओ),एसएक्स,एसएक्स टेक र एसएक्स(ओ) मा उपलब्ध हुनेछ । 

हुन्डाईले लञ्च गर्न लागेको क्रेटा थर्ड जेनेरेशन कार हो । यसको मूल्य ११ लाख भारुबाट सुरु हुनेछ । कारको प्रतिष्पर्धा मारुति ग्राण्ड भिटारा,किया सेल्टोस,होन्डा एलिवेट,स्कोडा कुशाक र सिट्रोएन सी३ एअरक्रससँग हुने छ । 

टिजरमा कारको केहि डिजाइन अपडेटका बारेमा जानकारी प्राप्त भएको छ । ह्युन्डाईले नयाँ क्रेटालाई‘सेन्सुइस स्पोटनेश’डिजाइन थीममा निर्माण गरेको छ ।

कारको अघिल्लो भागमा एच आकारको एलईडी डिआरएल स्ट्रिप,नयाँ र स्प्लिट कार्ड–बीम हेडलाइट सेटअप(भर्टिकल पोजिशन),नयाँ बडी रेडिएटर ग्रिल र नयाँ बम्पर दिइएको छ । 

यो नयाँ कार ६ वटा मोनो–टोन कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा रोबोस्ट एमराल्ड पर्ल,फिएरी रेड,रेन्जर खाकी,एबीस ब्ल्याक,एटलस ह्वाइट र टाइटन ग्रे जस्ता रङ छन् । यसका साथै एउटा डुअल–टोन कलर अप्सन र ब्ल्याक रुफका साथ एटलस ह्वाइट पनि  छ । 

इन्टेरियरको मामिलामा नयाँ ह्युन्डाई क्रेटा हाई–टेक फीचर्सबाट सु–सज्जित हुनेछ । यसमा पहिलेको जस्तै डुअल–टोन थीम प्रदान गरिएको छ । कारको ड्यासबोर्ड पूर्ण रुपमा नयाँ र थप प्रिमियम देखिएको छ । जसमा किया सेल्टोस जस्तै डुअल स्क्रीन सेटअप प्रदान गरिएको छ । 

प्यासेन्जर साइडमा ड्यासबोर्डको माथिको भागमा पियानो ब्ल्याक प्यानेलमा साइड एसी वेन्टस् र तल एम्बीयन्ट लाइटिङका साथ नयाँ ओपन स्टोरेज एरिया छ ।

न्यू जेनेरेशन क्रेटामा नयाँ पातलो सेन्ट्रल एसी वेन्ट्सका साथनयाँ टच इनेबल क्लामेट कन्ट्रोल प्यानेल पनि प्रदान गरिनेछ । 

नयाँ हुन्डाई क्रेटालाई तीन इन्जिन अप्शनमाका साथ पेश गरिनेछ । यसमा पहिलाको जस्तै १.५ लिटरको पेट्रोल इन्जिन,१.५ लिटरको डिजेल इन्जिन हुनेछ । यसका साथै यसमा १.५ लिटर टर्बो–पेट्रोल इन्जिन पनि दिइनेछ ।

कारमा चार वटा ट्रान्समीसन अप्शन हुनेछ,जसमा ६–स्पीड म्यानुअल,आईभीटी,७–स्पीड डीसीटी र ६–स्पीड अटोमेटिक समावेश छन् । -एजेन्सी