काठमाण्डौ । मारुति सुजुकीले ७ सीटर प्रीमियम एसयुभी ल्याउने भएको छ ।

यो प्रीमियम एसयुभी ग्राण्ड भिटाराको ७ सीटर भर्जन हुन सक्ने कम्पनीले जनाएको छ । 

यो कारले टाटा सफारी र महिन्द्रा एक्युभी ७०० लाई टक्कर दिने अनुमान छ । मिडिया रिपार्टका अनुसार यसमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम(एडीएस) जस्ता सेफ्टी फीचर्स उपलब्ध हुनेछन् । 

यसको मूल्य १५ लाख भारुबाट सुरु हुने अनुमान  छ । रिपोर्टका अनुसार मारुति सुजुकीले ग्राण्ड भिटाराको ७ सीटर मोडललाई आफ्नो सी प्लेटफर्ममा विकास गर्न सक्नेछ ।

कम्पनीले यसको डाइमेन्सन पनि बढाउन सक्नेछ । कार वर्तमान ग्राण्ड भिटारासँग धेरै हदसम्म मिल्दोजुल्दो हुनेछ । तर यसमा नयाँ ग्रिल र एलईडी हेडल्याम्पका साथै एउटा नयाँ फ्रन्ट डिजाइन पनि समावेश हुन सक्छ । यसको अतिरिक्त नयाँ एलोय ह्वील र कनेक्टेड एलईडी टेलल्याम्प पनि उपलब्ध हुनेछ । 

७ सीटर एसयुभीमा ग्राण्ड भिटाराको वर्तमान मोडलमा प्रयोग भएको इन्जिन प्रयोग गरिनेछ । यसमा माइल्ड हाईब्रिड सेटअप भएको १.५ लिटरको नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन अप्सन प्राप्त हुन सक्छ । यो इन्जिनले ११५ बीएचपी पावर र २५० एनएम टार्क जेनेरेट गर्छ । ट्रान्समीसनका लागि यसमा म्यानुअल तथा एउटा सीभीटी गियरबक्स पनि उपलब्ध हुनेछ । 

कम्पनीले यस कारलाई अटोमेटीक क्लाइमेट कन्ट्रोल,भेन्टीलेटेड सीट,स्टेयरीङ माउन्टेड कन्ट्रोल र ठूलो सनरुफ जस्ता फीचर्सका साथ बजारमा उतार्ने तयारी गरेको छ ।   

-एजेन्सी