काठमाण्डौ । बितेको तीन वर्षमा हुन्डाई र कियाका केहि निश्चित मोडलका कारहरुको चोरीको घटना १० गुणाले बढेको रिपोर्ट सार्वजनिक भएको छ ।

सवारी साधनको बीमाको तथ्यांक राख्ने‘हाईवे लस डेटा इन्स्टीच्युट’का अनुसार  सन् २०२० र सन् २०२३ को पहिलो ६ महिनाको अवधिमा हुन्डाई र कियाको कार चारीको बीमा दाबीमा १००० प्रतिशतको वृद्धि भएको हो ।  

सन् २०२० को पहिलो ६ महिनाको अवधिमा बीमा गरिएको १ हजार हुन्डाई र किया कारमा एउटा मात्रै कार चोरीको घटना दर्ता हुन्थ्यो । यो संख्या अन्य कार निर्माता कम्पनी जत्तिकै हो । तर सन् २०२३ को पहिलो ६  महिनाको अवधिमा आईपुग्दा यो संख्या बढेर प्रति हजारमा ११.२ कार पुगेको छ । यो अवधिमा अन्य कार निर्माताको कार चोरीको दर भने स्थिर रहेको छ । 

रिपार्टका अनुसार सन् २०२३ को पहिलो ६ महिनामा हुन्डाई र किया कारको चोरी दाबी अन्य कार कम्पनीको भन्दा ७ गुणा धेरै छ । 

हुन्डाई र कियाको विशेष गरेर सन् २०१५ देखि २०१९ को बीचमा निर्माण भएको मोडलहरुमा चोरीको घटना बढी देखिएको छ । यी मोडलका कारहरुमा ‘इलेक्ट्रिोनिक मोबिलाइजर जस्ता आधारभूत चोरी बचाव प्रविधि छैनन् । 

 -एजेन्सी