काठमाण्डौ । हुन्डाई मोटर इन्डियाले न्यू जेनेरेशन मिड साइज एसयुभी क्रेटा लञ्च गरेको छ ।

कम्पनीले आज फेसलिफ्टेड क्रेटा ‘न्यू जेनेरेशन हुन्डाई क्रेटाको लेभल–टु एडभान्स ड्राइभर असिस्टेन्ट(एडीएएस) सहित ७० भन्दा बढी सेफ्टी फिचर्सका साथ लञ्च गरेको हो । 

यो कार ७ वटा भेरियन्ट–ई,एक्स,एस,एस(ओ),एसएक्स,एसएक्स टेक र एसएक्स(ओ) मा उपलब्ध हुनेछ । 

कम्पनीले यसको एक्स–सो रुम मूल्य ११ लाख भारु तोकेको छ । जसको मूल्य टप एण्ड भेरियन्टमा २० लाख भारुसम्म हुनसक्छ । कारको प्रतिस्पर्धा मारुति ग्राण्ड भिटारा,किया सेल्टोस,होन्डा एलिवेट,स्कोडा कुशाक र सिट्रोएन सी३ एअरक्रससँग हुने जनाइएको छ । 

हुन्डाईका अनुसार यो एसयुभीमा ३६ वटा सेफ्टी फिचर्स स्ट्याण्डर्ड दिइएको छ । यसमा ६ वटा एयर ब्याग,इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र अल ह्वील डिस्क ब्रेक जस्ता फिचर्सहरु उपलब्ध गराइएको छ । यसका साथै कारम सबै यात्रुका लागि रिमाइन्डरसहित ३ प्वाइन्ट सीटबेल्ट,एबीएसका साथै इबीडी र इसोफिक्स चाइल्ड सीट माउन्ट जस्ता सेफ्टी फिचर्स उपलब्ध छन् । 

फेसलिफ्ट क्रेटामा नयाँ वरना सेडानको जस्तै लेभल–टु एडीएस प्रविधि दिइएको छ । यसमा सेन्सर्स र फ्रन्ट क्यामेराका माध्यमबाट फुवार्ड क्लोजिङ वार्निङ,अडेप्टिप क्रुज कन्ट्रोल,लेन किप असिस्ट र लेन डिपार्चर वार्निङ जस्ता फिचर्स हरु पनि छन् । 

यो नयाँ कार ६ वटा मोनो–टोन कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा रोबोस्ट एमराल्ड पर्ल,फिएरी रेड,रेन्जर खाकी,एबीस ब्ल्याक,एटलस ह्वाइट र टाइटन ग्रे जस्ता रङ छन् । यसका साथै एउटा डुअल–टोन कलर अप्सन र ब्ल्याक रुफका साथ एटलस ह्वाइट पनि  छ । 

इन्टेरियरको मामिलामा नयाँ ह्युन्डाई क्रेटा हाई–टेक फीचर्सबाट सु–सज्जित हुनेछ । यसमा पहिलेको जस्तै डुअल–टोन थीम प्रदान गरिएको छ । कारको ड्यासबोर्ड पूर्ण रुपमा नयाँ र थप प्रिमियम देखिएको छ । जसमा किया सेल्टोस जस्तै डुअल स्क्रीन सेटअप प्रदान गरिएको छ । 

प्यासेन्जर साइडमा ड्यासबोर्डको माथिको भागमा पियानो ब्ल्याक प्यानेलमा साइड एसी वेन्टस् र तल एम्बीयन्ट लाइटिङका साथ नयाँ ओपन स्टोरेज एरिया छ ।

न्यू जेनेरेशन क्रेटामा नयाँ पातलो सेन्ट्रल एसी वेन्ट्सका साथनयाँ टच इनेबल क्लामेट कन्ट्रोल प्यानेल पनि प्रदान गरिनेछ । 

नयाँ हुन्डाई क्रेटालाई तीन इन्जिन अप्शनमाका साथ पेश गरिनेछ । यसमा पहिलाको जस्तै १।५ लिटरको पेट्रोल इन्जिन,१।५ लिटरको डिजेल इन्जिन हुनेछ । यसका साथै यसमा १.५ लिटर टर्बो–पेट्रोल इन्जिन पनि दिइनेछ ।

कारमा चार वटा ट्रान्समीसन अप्शन हुनेछ,जसमा ६–स्पीड म्यानुअल,आईभीटी,७–स्पीड डीसीटी र ६–स्पीड अटोमेटिक समावेश छन् । -एजेन्सी