काठमाण्डौ । विद्युतिय उपभोग्य सामाग्री निर्माता चिनियाँ कम्पनी साओमीले विद्युतीय कार उत्पादन गर्ने भएको छ ।

कम्पनीले चिनियाँ इलेक्ट्रिक कार बजारमा प्रवेश गर्ने योजना सार्वजनिक गरेको हो ।

आफ्नो पहिलो विद्युतीय कार मोडल विकास गर्न कम्पनीले १० बिलियन युआन(१.४ बिलियन डलर) खर्च गर्ने बताएको छ । 

कम्पनीले घरेलु बजारमा टेस्ला र पोर्शसँग प्रतिष्प्रधा गर्ने छ । परीक्षण उत्पादनमा रहेको कम्पनीको कार मोडलको नाम साओमी एसयु ७ रहेको छ । 

घरेलु बजारमा यो कार केहि महिनाभित्रै प्रवेश गर्न सक्ने कम्पनीका सीईओ लि जुनले जानकारी दिएका छन् । 

सीईओ लिले कार उद्योग र स्वचालित सवारीमा कम्पनीले अग्रणी नेतृत्व गर्ने र एसयु ७ डिजाइन गर्ने टिमले यसअघि बीएमडब्लु र मर्सिडिज बेन्जमा काम गरिसकेको बताए । 

तीन वर्षभन्दा लामो विकास पछि कारको बिक्री सन् २०२४ मा सुरु हुने जनाइएको छ । कारको मूल्य भने सार्वजनिक गरिएको छैन । -एजेन्सी