काठमाण्डौ । अग्नि ग्रुपले चाडपर्व तथा नाडा अटो शोको अवसरमा आफ्ना भगिनी संस्थाहरु अग्नि मोटो इन्कको तथा अग्नि इन्कर्पोरेटेडका लागि क्रमशः “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” तथा “महिन्द्रा बिग, बिग्गर बिग्गेष्ट अफर” दुई वटा योजना प्रस्तुत गरेको थियो ।
लक्की ड्रको आयोजना नक्सालस्थित आफ्नै शोरुममा गरिएको थियो । अग्निमोटो इन्क अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्राप्त गर्न सकिन्छ । यसरी पहिलो १५ दिनमा रानीहार प्राप्त गर्ने पहिलो विजेतामा भैसेँपाटीका बीरबहादुर तामाङ्ग, कुपन नं. २२२ तथा माहिन्द्रा मोजो बाइकका लागि पथरी मोरङ्गका बुद्धिबल राई कुपन नं. एस सि ०११६ ले जितेका छन् ।
यस्तै, नाडा अटो शोमा “ इी ट्वान्टी इलेक्ट्रिक कार भित्र भएको सही रकम उल्लेख गरी १२५ सिसिको महिन्द्रा गोस्टो जितौ” भन्ने विशेष कार्यक्रमअन्तर्गत ४००० सहभागीमध्ये ४ जनाले सही रकम उल्लेख गरेका र ती ४ जनामध्येबाट पनि भाग्यशाली विजेताको रुपमा भगवती काफ्ले छनौट भएकी र उनले १२५ सिसिको गोस्टो बाइक जितेकी छिन् ।
ती योजनामा सहभागी भएका व्यक्ति तथा विजेताहरुलाई अग्नि ग्रुपले कृतज्ञता एवम् हार्दिक बधाई ज्ञापन समेत गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19