– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार घट्यो भने १ दिन बढेको छ।
गत साता २०१३.९३ मा बन्द भएको बजार यो साता १९९०.५९ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा २३.३४ अंकले बजार घटेको छ। अघिल्लो साता भने बजार १९ अंकले घटेको थियो।
यो साता बजारमा ४ दिनको कारोबारमा ४ अर्ब २४ करोड रुपैयाँ कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ७ अर्ब २५ करोड रुपैयाँ भएको थियो। यस हिसाबले यो साता पनि दोस्रो बजारमा कारोबार र सूचक दुवैमा गिरावट आएको छ।
यो साता बजार पुँजीकरण २९ खर्ब ८० अर्ब रहेको छ। बजार घट्दा बजार पुँजीकरण पनि यो साता करिब ३४ अर्बले घटेको छ।
क्यान्डल स्टिकका आधारमा
यो साताको बजारलाई क्यान्डल स्टिकबाट हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। लगातार ६ साता घटेको बजारमा यो साता पनि खासै कुनै सुधार आउन सकेन। अघिल्लो साताको तुलनामा यो साता बजार घट्दा कारोबार घटेको छ। अर्थात भोलुम निकै ड्राई अप बनेको छ।
लगातार घटेको बजारमा भोलुम घट्नुलाई भने सकारात्क रुपमा लिन सकिन्छ। किनकि अघिल्लोपटक बजार घट्दा पनि लगातार ४ साता भोलुम ड्राई अप करिब ४ अर्बको मात्रै कारोबार भएपछि बजारले पिक अप लिएको देखिन्छ। यस हिसाबले हेर्दा अझै केही साता भोलुम ड्राई अप भएपछि बजारले पिक अप लिन सक्ने देखिन्छ।
अगस्ट महिनामा कस्तो रह्यो बजार ?
मन्थ्ली बेसमा बजारलाई हेर्दा गएको जुन महिनमा बजार करिब ३०० अंकले बढेको देखिन्छ। योसँगै बोलिंगरको मध्य ब्यान्डमा प्रातिरोध सामना गरेको थियो। जुलाई महिनामा भने बजारले सामान्य अंक गुमाएर स्पिनिङ प्रकृतिको क्यान्डल बनाएको थियो। तर, अगस्ट महिनामा भने बजारले करिब १०० अंक गुमाएको छ।
मन्थ्ली बेसमा नै तीनवटै क्यान्डल मिलाएर हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्ड प्रतिरोध सामना गरेर बजारले इभिनिङ स्टार बनाएको देखिन्छ। यसले बजार आगामी दिनमा ४ देखि ६ महिना साइडवेज चल्न सक्ने पनि हुन सक्छ । तर, यसबीच बजारमा अल्पकालीन १००–२०० अंकको बढोत्तरी भने हुन पनि सक्छ। अथवा बजार १९०० देखि २२०० सम्म अझै केही समय चल्न सक्ने विगतको बोलिंगर ब्यान्ड र मूल्यरेखाको मुभमेन्टमबाट भन्न सकिन्छ।
अल्पकालमा बजारमा केही अंक घटे पनि बजार दीर्घकालमा भने बुलिस नै हो। भलै बजारले पिक अप गर्नमात्रै समय लिन सक्छ। यसको अर्थ बजारले प्राइस करेक्सन सके पनि टाइम करेक्सन अझै पूरा नभएको भन्ने हो।
विगतको बियरिस बजारलाई हेर्दा बोलिंगरको मध्य ब्यान्डमा करिब–करिब १० महिना चलेको छ। यसपटक पनि बजरले ३ महिना मध्य ब्यान्डमा चलिसकेका आधारमा अझै ४ देखि ६ महिना मध्य ब्यान्डमा नै बजार साइडवेज चलेर अप्पर ब्यान्ड र लोवर ब्यान्ड निकै साँघुरिएमात्रै बजारले फड्को मार्न सक्छ। (माथि मुख्य तस्बिर हेर्नुहोस्)
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआई
साप्ताहिक रुपमा बजारलाई बोलिंगर ब्यान्डबाट हेर्दा बजारले बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ। साप्ताहिक रुपमा भोलुम निकै ड्राई अप बनेको छ।
म्याक्डीमार्फत हेर्दा बजार यो साता बियरिस क्रसओभर बनेर हिस्टोग्राम नेगेटिभ बनेको छ। आरएसाआई भने न्युट्रल जोनमै रहेको देखिन्छ।
साप्ताहिक रुपमा पनि समग्र तीनवटै इन्डिकेटरबाट हेर्दा बजार आगामी साता पनि साइवेज नै रहन सक्ने देखिन्छ।
पिभट प्वइन्ट
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः २०१८
घटेमा सपोर्ट
निष्कर्ष
यो साता बजारलाई हामीले अगस्ट महिनाको कारोबार पनि सकिएका कारण मासिक र साप्ताहिक रुपमा पनि हेर्ने कोसिस गरेका छौँ। मन्थ्ली बेसमा बजारलाई दीर्घकालीन रुपमा हेर्दा बजार बढे पनि निकै धिमा गतिमा बढ्न सक्ने देखिन्छ। अर्थात् साइडवेज चल्न सक्ने देखिन्छ।
विगतको बजारको बियरिस यात्रालाई हेर्दा बोलिंगरको मध्य ब्यान्डमा १० महिनासम्म चलेपछि अप ट्रेन्डको यात्रा तय गरेको छ। बजारले हालसम्म मध्य ब्यान्डमा ३ महिना चलेकोले अझै केही महिना यही ब्यान्डमा चलेर अप्पर ब्यान्ड, मध्य ब्यान्ड र लोवर ब्यान्ड निकै खुम्चिएपछि मात्रै बजारले अप ट्रेन्ड लिने सम्भावना पनि जीवतै छ।
साप्ताहिक रुपमा बजारलाई हेर्दा यो साता पनि १९९० मा सपोर्ट लिएको छ। बजार २३ अंकले मात्रै खसेको छ। आगामी साता पनि बजारमा ठूलो उतारचढाव भइहाल्ने देखिँदैन।
आरएसआईमार्फत बजार नियाल्दा बुलिस ड्रभर्जेन्स भ्यालिड नै रहेको छ। तर, म्याक्डीमार्फत हेर्दा अहिले नै ठूलो फड्को मारिहाल्ने भन्दा पनि केही समय साइडजेज चलेर बजारमा केही समय सेयरको कर्निरिङपछि मात्रै बजारले अहिलेसम्मका प्रतिरोध ब्रेक गरेर मात्रै माथि जान सक्ने देखिन्छ। बजार बुलिस नै भनेर कन्फर्मेसनका लागि भने मध्य ब्यान्ड ब्रेक गरेर माथि जानुपर्नेछ।
बजारलाई अल्पकालीन रुपमा हेर्दा आगामी साता यदि बजार घट्छ भने पिभट् प्वइन्टको पहिलो प्रतिरोध १९८५ मा सपोर्ट लिन सक्छ। त्यहाँबाट पनि तल आउँछ भने १९५६ बलियो सपोर्ट लिन सक्छ। बढेमा भने बजारले २०१८, २०४७ र २०८० मा प्रतिरोध गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19