काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार बजारमा करिब ६१ अंकको उत्तार चढाव आएको छ ।
 

यो दिन कारोबार खुलेको चार घण्टाको कारोबारमा बजार पहिलो दुई घण्टा २ हजार २१५ विन्दुसम्म बढेको थियो भने त्यसपछिको दुई घण्टामा बजारमा करेक्सन देखियो ।

यो दिन नेप्से उपसमूह अन्तर्गत हेर्दा लगभग सबै समूहमा बजारमा अन्तिम दुई घण्टामा बिक्री दबाब परेको देखिएको छ। पछिल्लो पटक २ हजार २५ को विन्दुलाई आधार बनाएर बढेको बजार यो दिन २ हजार २१५ विन्दुसम्म पुगेको थियो ।

तर बजार २ हजार २०० भन्दा माथि टिक्न नसकेर फेरि २ हजार १६३ विन्दुमा बन्द भएको छ । यो दिन कारोबार र भोलुमलाई हेर्ने हो भने पनि बजार भने बलियो नै छ । 
 

बोलिङगर ब्यान्डमार्फत् बजारलाई नियाल्दा भने सप्लाई जोनमा अपर ब्यान्डमा शुटिङ स्टार बनेको देखिएको छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।(माथिको तस्बिरमा हेर्नुहोस रातो एरो) 
यस्तै प्रकृतिको क्यान्डल बन्दा यसअघि बजारमा  केहि समय करेक्सन आएको थियो । (माथिको तस्बिरमा 
हेर्नुहोस कालो एरो) म्याक्डीमार्फत् नियाल्दा केहि समय पहिले बनेको बुलिस क्रस ओभर भ्यालिड नै छ ।

आरएसआईमार्फत् हेर्दा बजार ओभर बट जोनबाट खसेर ६९ को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा यो दिन तीब्र रुपमा नाफा बुक भएको देखिन्छ ।

पिभट् प्वइन्टबाट हेर्दा  यदि बजार अबका दिनमा घटेमा सपोर्ट क्रमशः  २ हजार १४०, २ हजार १०६ र २ हजार ८८ विन्दुमा जान सक्ने देखिन्छ । त्यसैगरि, यदि बढेमा भने बजारले २ हजार १९३,२ हजार २१२ र २हजार २४८ विन्दुमा क्रमश : प्रतिरोध सामना गर्न सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारको लागि सिफारिस भने होइन ।)