काठमाण्डौ । साताको दोस्रो कारोबार दिन मंगलबार दोस्रो बजारमा उच्च कारोबारसहित ५४ अंकभन्दा बढीले कारोबार भएको छ। 
 

योसँगै नेप्सेको चार्टमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।

बोलिङगर ब्यान्डमार्फत् यो दिनको बजारलाई नियाल्दा क्यान्डल अपर ब्यान्डसँगै हिंड्न खोजेको देखिन्छ ।

म्याक्डीमार्फत् बजारलाई नियाल्दा आज लामो समयपछि बुलिस क्रस ओभर बनेको छ । हिस्टोग्राम पनि सकारात्मक बनेको छ ।  
 

यसले बढ्दो बजारलाई संकेत गर्छ । आरएसआई डेली बेसमा ओभर बट जोन ७२ मा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस यात्रामा रहेको देखिन्छ ।

तर आरएसआई ओभर  बट जोनमा पुगेको कारण बजारमा इन्ट्रा डे करेक्सन पनि आउन सक्छ । 
अन्य इन्डिकेटर इचिमोकू र सुपर ट्रेन्डमा पनि बजार बुलिस नै छ । पिभटमार्फत् नियाल्दा यो दिन दोस्रो प्रतिरोध पनि ब्रेक गरेर माथि गएको बजारले अबको तेस्रो प्रतिरोध भने २ हजार २२७ विन्दु आसपास लिन सक्छ ।

यदि आगामी दिनमा घटेमा भने बजारले क्रमश : २ हजार १३०,२ हजार ७५र २ हजार ३३ मा सपोर्ट लिन सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।)