काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार बजार दिनभर नै बढेर कारोबार भएको छ ।

यो दिन ३६.५७ अंकले बढेर बजार २ हजार ५९.३९ विन्दुमा बन्द भएको छ । कारोबार भने अघिल्लो दिनको तुलनामा घटेको छ । अर्थात् ४ अर्ब ५६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारलाई हेर्दा कारोबारको अन्त्यमा यो दिन बजार करिब दुई प्रतिशतले बढेर  बन्द भएको देखिन्छ ।

क्यान्डल स्टिकबाट नियाल्दा यो दिन बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । केहि समय पहिले बोलिङगरको अपर ब्यान्डमा वियरिस इन्गल्फिङ प्याट्रन  बनेपछि घटेको बजारमा यो दिन मध्य ब्यान्डमा बुलिस इन्गल्फिङ क्यान्डल बनेको छ ।

यसले बजारले मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ । म्याक्डीबाट हेर्दा यो दिन केहि समय पहिले बनेको वियरिस क्रसओभर पनि भ्यालिड नै छ । आरएसआई चाहिं न्युट्रल जोनबाट फर्कन खोजेको देखिन्छ । 
समग्रमा तीन वटै इन्डिकेटरबाट हर्दा बजार सम्हालिन कोशिश गरिरहेको छ भन्न सकिन्छ । यदि आगामी  कारोबारमा यो दिन लगभग २ हजार ६० विन्दुमा बन्द भएको बजार  २ हजार ७० विन्दुभन्दा माथि माथि टिकेर कारोबार भएको खण्डमा  बजारले अप ट्रेन्ड लिन सक्छ ।

पिभट् प्वइन्टमार्फत् हेर्दा अबको नजिकको प्रतिरोध २ हजार ९०, २ हजार १६१ र २ हजार १९४  विन्दुमा लिन सक्छ । त्यसै गरि घटेमा २ हजार १६,१ हजार ९८३ र १ हजार ९४३ विन्दुमा क्रमशः सपोर्ट लिन सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस होइन ।)