अर्जुन तिमिल्सिना 
काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भएको छ ।

पाँच कारोबार दिनमा बजार तीन दिन बढेको छ भने दुई दिन घटेको छ । अघिल्लो साता २ हजार ४९.२८ अंकमा बन्द भएको बजार यो साता २ हजार ८८.९९ मा बन्द भएको छ।

यस हिसावले यो साता ३९.७ अंकले बजार बढेको छ । अघिल्लो साता भने बजार १९.६२  अंकले बजार घटेको थियो । यो साता पाँच कारोबार दिनमा २५.४७  अर्ब रुपैयाँको कारोबार भएको छ।

यस्तो कारोबार अघिल्लो साता भने १८.१५ अर्ब रुपैयाँ मात्रै भएको थियो । यस हिसावले यो साता कारोबार र सूचक दुबैमा बढोत्तरी आएको छ ।

यो साता बजार पूँजीकरण ३२ खर्व ८१ अर्ब रुपैयाँ पुगेको छ। यस्तो बजार पूँजीकरण अघिल्लो साता ३१ खर्व ८३ अर्ब रुपैयाँ मात्र थियो । यो साता  बजार पूँजीकरण ९८ अर्ब रुपैयाँले बढोत्तरी भएको छ ।
प्राविधिक पक्ष :
क्याण्डल स्टिकको आधारमा 
साप्ताहिक रुपमा  बजारलाई हेर्दा यो साता बजारमा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ । 

यदि अघिल्लो क्याण्डल रातो तथा छोटो हुन्छ र त्यसपछि बन्ने क्याण्डल लामो र हरियो क्याण्डल बनेर अघिल्लो रातो क्याण्डललाई पछिल्लो हरियो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गलफिङ क्याण्डल भएको भन्ने बुझिन्छ ।  

अघिल्लो साता करिब १९.६२ अंकले गिरावट आएको बजारमा यो साता करिब करिव ४० अंकले बढोत्तरी आएको छ । यी दुई साताका क्याण्डलहरुलाई मिलाएर हेर्दा नेप्सेको चार्टमा बुलिस इन्गलफिङ प्याट्रन बनेको छ । यसले बजार माथि जाने संकेत गर्छ । ( माथिको तस्बिरमा )
बोलिङगर म्याक्डी र आरएसआई :
साप्ताहिक रुपमा बजारलाई बोलिङग ब्यान्डमार्फत् नियाल्दा बजार मध्य र अपर ब्यान्ड बीचमा चलेको छ । बजारले  अपर ब्यान्डसँग सँगै हिड्न पनि सकेको छैन भने मध्य ब्यान्डबाट तल झर्न पनि सकेको छैन ।

कारोबार र भोलुमको आधारमा हेर्दा अघिल्लो दुई  सातामाभन्दा यो साता सुधार भएको छ । साप्ताहिक रुपमा म्याक्डीमार्फत्  नियाल्दा अघिल्लो साता बनेको बुलिस क्रसओभर भ्यालिड नै छ । हिस्टोग्राम सकारात्मक र लामा लामा हुँदै गएका छन् ।

आरएसआई धेरै पटक ६२ को तहबाट खसेर हाल ५८ को तहमा चलेको छ ।

यदि आगामी दिनमा बजार यस्तो विन्दु ६२ भन्दा माथि- माथि टिकेर कारोबार भएको खण्डमा बुलिस यात्रा निश्तिन हुन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार साइड वेजमा चलेको देखिन्छ । 
पिभट विश्लेषणले सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्दछ ।

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –२१६१
प्रतिरोध २ –२१२९
प्रतिरोध १– २०९०
पिभट प्वइन्ट : २०५६

घटेमा सपोर्ट :
सपोर्ट १– २०५६
सपोर्ट २– २०१६
सपोर्ट  ३ –१९४३

निष्कर्ष : यसअघि लगातार दुई साता घटेको बजार यो साता भने  करिब ४० अंकले सुधार आएको छ । कारोबार र भोलुमले पनि बजारलाई साथ दिएको छ ।

प्राविधिक  रुपमा अघिल्लो साताको  क्यान्डल र यो साताको क्यान्डललाई मिलाएर हेर्दा बजारमा  बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।

साप्ताहिक रुपमा हेर्दा बजारले करिब एक वर्षदेखि अपर ब्यान्ड सँगसँगै हिंड्न सकेको  भने छैन । बोलिङगरको अपर ब्यान्डमा प्रतिरोध सामना गरेर बजार पुन : तल खसेको छ । 
 

अहिले पनि मूल्य रेखा मध्य ब्यान्ड र अपर ब्यान्डको बीचमा चलेको देखिन्छ । यो भनेको मध्य र दीर्घकालिन रुपमा बजार साइडवेजमा नै चलेको छ भन्ने हो । यो साताको बजारलाई समूहगत रुपमा हेर्दा निर्जिवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डमा बाहेक सबै उपसमूहमा बढोत्तरी आएको छ ।

यो साता २ हजार ८८ विन्दुमा बन्द भएको बजार यदि आगामी साता २ हजार १०० विन्दुभन्दा माथि- माथि टिकेर कारोबार भएको खण्डमा ‘अपट्रेण्ड’ को यात्रा तय गर्ने छ । अन्यथा बजार केहि समय साइडवेज पनि चल्न सक्ने सम्भावना रहन्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)