अर्जुन तिमिल्सिना
काठमाण्डौ । सानिमा मिडिल तमोर कम्पनी सानिमा ग्रूप र गैरआवासीय नेपाली(एनआरएन) द्वारा सञ्चालित सानिमा कम्पनीको भगिनि संस्था हो । 
यो जलविद्युत् कम्पनीको उत्पादन तापलेजुङ जिल्लाको तमोरखोलामा अवस्थित छ । कम्पनीले ७३ मेगावट विद्युत् उत्पादन गर्ने लाइसेन्स पाएको छ  । दोस्रो बजारमा उक्त कम्पनीको सेयर कारोबार ‘तमोर’ स्टक संकेतमा भइरहेको छ ।
आधारभूत पक्ष :
चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो वित्तिय विवरण अनुसार कम्पनीको चुक्तापूँजी ३ अर्व ३३ करोड २५ लाख रुपियाँ छ ।

कम्पनीको जगेडा कोष भने ८ करोड ४५ लाख रुपैयाँ नकारात्मक छ । खूद मुनाफा पनि ९० लाख रुपैयाँ नकारात्मक नै छ । योसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १.०७ प्रतिशत नकारात्मक नै छ ।

कम्पनीको बुक भ्यालु पनि पारभ्यालुभन्दा तल ९७.४६ रुपैयाँ छ । कम्पनीको रिर्टन अन इक्विटी पनि १.१ प्रतिशत  नकारात्मक नै छ । 
प्राविधिक पक्ष :
फिएर एण्ड ग्रिड मिटरको आधारमा यो  कम्पनी कम्जोर बुलिस सेन्टिमेन्टमा छ । यो भनेको फिएर एण्ड ग्रिड मिटर ६० देखि ८० को विन्दुसम्म चलेको छ भन्ने हो ।

कम्पनीमा लगानीकर्ताको आकर्षण भने छ तर सेन्टिमेन्ट पक्ष चाहिं कम्जोर नै छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ४३६ रुपैयाँ र न्युनतममूल्य २३३ रुपैयाँ छ । कम्पनीमा संस्थापक सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको हिस्सा ३० प्रतिशत छ । 

बोलिङगर, म्याक्डी र आरएसआई :
डेली बेसमा बोलिङगर ब्यान्डको आधारमा यो कम्पनीको मूल्यरेखा अपरब्यान्डसँगै हिंडेको छ ।यसले कम्पनीको सेयरमा आकर्षण रहेको देखाएको छ तर आवरली बेसमा हेर्दा अन्तिम समयमा केहि नाफा बुक पनि चलेको देखिन्छ ।

बजार बढ्दा भोलुम भने घटेको छ । यसलाई प्राविधिक रुपमा त्यति राम्रो मानिंदैन । म्याक्डीमार्फत् हेर्दा केहि समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै छ । हिस्टोग्राम सकारात्मक नै छन् । आरएसआई ओभर बट जोन ८४ मा पुगेको छ । 
पिभट विश्लेषणले सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानेर यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्दछ ।

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –४४०
प्रतिरोध २ –४७५
प्रतिरोध १– ५४२
पिभट प्वइन्ट : ३७२

घटेमा सपोर्ट :
सपोर्ट १– ३३८
सपोर्ट २– २७०
सपोर्ट  ३ –२३८

निष्कर्ष : केहि समयदेखि दोस्रो बजारमा लगातार रुपमा सकारात्मक
सर्किट हानेको सानिमा मिडिल तमोर हाइड्रो कम्पनी चालू आवको पहिलो वित्तीय विवरण अनुसार कमजोर नै देखिन्छ ।

कम्पनीको खूद मुनाफा्,प्रतिसेयर आम्दानी रिर्टन अन इक्विटी सबै नकारात्मक छ । जगेडा कोष पनि नकारात्मक नै छ । कम्पनीको बुक भ्यालु पनि १०० तल नै छ । 
 

प्राविधिक रुपमा फिएर एण्ड ग्रिडमा कमजोर बुलिस देखिन्छ । कम्पनीको मूल्य रेखा र मनी फ्लो इन्डेक्सबाट हेर्दा भने वियरिस डाइभर्जेन्स बनेको छ । यो भनेको सेयरको भाउ बढ्दै जाँदा भोलुम र कारोबार घट्दै जानु हो ।

यसले कम्पनीको सेयरमूल्यमा कुनै पनि समयमा करेक्सन आउन सक्ने संकेत गर्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)