काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार बढेर २ हजार ८० को विन्दुमा बन्द भएको छ ।
 

पछिल्लो पटकको न्युन विन्दु १ हजार ८१८ को आसपासमा बजारले नयाँ ‘लोवर लो’ बनाएपछि तल माथि गर्दै अगाडि बढेको बजार यो बीचमा बजारले १ हजार ८३५ विन्दुमा एउटा ‘हाएर लो’ र बजारले २१५० मा ‘हाएर हाई’ बनाएको छ ।

त्यसपछि केहि दिन तल खसेको बजारले २ हजार २५ विन्दुमा एउटा हाएर लो कन्फरमेसन गरेको अवस्था छ  । 
 

बजारलाई ‘वान आवर’ टाइम फ्रेममा हेर्दा गत मंसिर महिनामा ‘लोवर लो’ र ‘लोवर हाई’ गरेर खसेको बजारले पुस महिनामा भने आफ्नो बाटो परिवर्तन गर्दै ‘अप ट्रेन्ड’ को सिग्नल दिंदै ‘हाएर हाई’ र ‘हाएर लो’ का श्रृंखलाहरु बनाएको छ ।

यो भनेको बजार घट्दा पनि पहिलेको न्युन विन्दुभन्दा माथिबाटै  फरकियो भन्ने हो । अर्थात् अझै सरल भाषामा भन्नु पर्दा बजारले ‘एक स्टेप ब्याक’ र ‘२ स्टेप जम्प’ गर्दै अगाडि बढेको छ भन्ने नै हो ।
 

यसले बढ्दो बजारलाई संकेत गर्छ । मंगलबार अन्तिम समयमा केहि करेक्सन भएको बजार अल्पकालिन समयमा भने केहि करेक्सन हुन सक्छ ।

त्यो भनेको अर्को ‘हाएर लो’ बनाएर पुन : बजार माथि जाँदै छ भन्ने नै हो । यसकारण अबको केहि अल्पकालिन समय बजारमा बन्ने हरेक ‘हाएर लो’ खरिद अवसर हुन सक्छ । इन्डिकेटरबाट हेर्दा बजार बुलिस नै छ । डेली बेसमा पनि सुपर ट्रेन्डमा बुलिस नै देखिन्छ ।

यसकारण यो साता पनि बजारले २ हजार विन्दुभन्दा माथि टिकेर कारोबार गरेमा भने बजार बुलिसतर्फ अगाडि बढेको नै मान्न सकिन्छ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ,यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)