काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार झिनो अंकले घटेको छ ।
यो दिन कारोबार पनि घटेको छ । अर्थात् यो दिन बजार ०.६२ प्रतिशतले घटेर २ हजार ८८.९९ विन्दुमा बन्द भएको छ भने कुल ४ अर्ब ३० करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
डेली बेसमा आजको बजारलाई नियाल्दा बोलिङगरको मध्य ब्यान्डभन्दा माथि माथि बजार टिकेको छ ।
म्याक्डीमा वियरिस क्रसओभर रहेता पनि हिस्टोग्राम छोटा छोटा हुँदै गएका छन् । तर बुलिस क्रसओभर भने हुन सकेको अवस्था छैन । आरएसआई ६० भन्दा माथि- माथि नै छ ।
समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार बलियो नै छ । तर बजारमा केहि दिन यता छोटा छोटा शुटिङ स्टार बनेका छन् । यसले बजारमा नाफा बुक पनि चलिरहेको छ भन्ने देखाउँछ ।
बिहीबार २ हजार ८८ विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २ हजार १०० विन्दु माथि माथि टिकेर कारोबार हुन्छ भने बजारले पुनः माथिको यात्रा तय गर्न सक्छ ।
तर २ हजार ६० विन्दुभन्दा तल तल कारोबार हुन्छ भने बजार केहि समय साइडवेजमा पनि चल्न सक्छ ।
त्यसैले अहिले नै बजारको यहि दिशा प्रश्ट भइसकेको अवस्था भने छैन । कारोबार र भोलुममार्फत् हेर्दा एभरेज भोलुम ४ अर्ब रुपैयाँमाथि नै छ ।
अन्य इन्डिकेटर सुपर ट्रेन्ड मार्फत् नियाल्दा बजार बुलिस नै रहेको छ ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ,यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19